‘एकीकृत समाजवादी’को घोषणापत्र र अन्तरिम विधान तयार, चन्द्रागिरि रिसोर्टमा छलफल जारी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

‘एकीकृत समाजवादी’को घोषणापत्र र अन्तरिम विधान तयार, चन्द्रागिरि रिसोर्टमा छलफल जारी


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ । माधवकुमार नेपालको अध्यक्षता गठित नेकपा (एकीकृत समाजवादी) को अन्तरिम विधान तयार भएको छ ।

हिजो (सोमबार) साँझदेखि चन्द्रागिरिस्थित रिसोर्टमा भेला भएका उक्त पार्टीका नेताहरुलाई पार्टीको घोषणापत्र र अन्तरिम विधान वितरण गरिएको छ ।

घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाको रुपमा स्थापित गर्ने उल्लेख गरिएको छ ।

नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको रहेको भन्दै घोषणा पत्रमा समाजमा विद्यमान शोषणको मूल रूप पुँजीवाद र दलाल नोकरशाही भएको उल्लेख गरिएको छ ।

यस्तै घोषणा पत्रमा ‘सामाजिक–आर्थिक–सांस्कृतिक रुपान्तरण मार्फत नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा पार्टी अग्रसर हुने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार : माधव नेपालसहितका नेताहरु पुगे चन्द्रागिरि रिसोर्टमा

Tags :
प्रतिक्रिया दिनुहोस