प्रदेश प्रमुख शर्माले लिए पद तथा गोपनीयताको शपथ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश प्रमुख शर्माले लिए पद तथा गोपनीयताको शपथ


४ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार उनले प्रदेश प्रमुख पदको शपथ लिएका हुन् ।

त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित थिए ।

सम्बन्धित समाचार : राष्ट्रपतिद्वारा बागमती प्रदेशमा यादवचन्द्र शर्मा नियुक्त

Tags :
प्रतिक्रिया दिनुहोस