राष्ट्रपतिद्वारा बागमती प्रदेशमा यादवचन्द्र शर्मा नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपतिद्वारा बागमती प्रदेशमा यादवचन्द्र शर्मा नियुक्त


४ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम सङ्खुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख गरिएको छ ।

नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए । अहिले उनकै प्रस्तावमा प्रदेश प्रमुख नियुक्त गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस