उपसचिव बढुवाका लागि दुई जना सिफारिस « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

उपसचिव बढुवाका लागि दुई जना सिफारिस


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ । उपसचिवमा बढुवाका लागि दुई जनाको नाम सिफारिस गरिएको छ ।

बुधवार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका राज पत्रांकित द्वितीय श्रेणीका पदमा कार्यक्षमताको आधारमा हुने बढुवाका लागि इन्जिनियरिङ सेवा समूहतर्फ दुई जनालाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस हुनेमा हाइड्रोलोजी समूहतर्फ विनोद पराजुली र जनरल मेकानिकल उपसमूहतर्फ शिवजी शर्मा रहेका छन् ।

यस अघि समितिको मङ्गलवारको निर्णयअनुसार इन्जिनियरिङ सेवा समूहतर्फकै छ जनालाई उपसचिव बढुवाका लागि सिफारिस गरिएको थियो ।

सम्बन्धित समाचार : उपसचिव बढुवाका लागि ६ जनाको नाम सिफारिस(नामावलीसहित)

Tags :
प्रतिक्रिया दिनुहोस