२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिजिटल रिलिजको तयारीमा ‘एक’

अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘एक’ डिजिटल रिलिजको तयारीमा छ ।

कोरोना महामारीका कारण देशभरका सिनेमा हलहरू बर्षौदेखी बन्द रहेको र निर्माण सम्पन्न भएका धेरै चलचित्रहरू प्रदर्शन हुन नसकिरहेको विषम परिस्थितिमा ‘एक’लाई डिजिटल नै भए पनि रिलिज गर्दैछन् निर्देशक मनोज पण्डित ।

नेपाली चलचित्र क्षेत्रमा सम्भवतः यो पहिलो नयाँ प्रयोग मानिएको चलचित्र ‘एक’को डिजिटल पोस्टर मंगलबार ओएसआर डिजिटल नेपालले सार्वजनिक गरेको छ। चलचित्र आगामी असोज २१ गते घटस्थापनादेखि डिजिटल प्लेटफर्महरूमार्फत प्रदर्शन हुँदैछ।

ग्रेटर नेपाल, दासढुंगा, वधशाला जस्ता चर्चित राजनैतिक सिनेमा बनाइसकेका पण्डितको ‘एक’ मधेस मुद्दामा केन्द्रित छ ।

आफ्नो सातौँ चलचित्र ‘एक’लाई ‘स्पाई थ्रिलर जनर’ को सिनेमा मान्ने पण्डित भन्छन् –‘एक’ त्यस्तो मिसनको कथा हो जहाँ देश विरुद्ध भइरहेको षड्यन्त्रलाई चुनौती दिन ‘सी एस आइ’ नामक जासुसी संस्थाको इन्टेलिजेन्ट अफिसरले गरेको सङ्घर्ष प्रस्तुत भएको छ ।’

नेपाली राजनीतिमा हुनै विभिन्न षड्यन्त्र र बाह्य हस्तक्षेपको ‘प्लट’मा बुनिएको चलचित्र ‘एक’को मुख्य भूमिकामा छन् विशाल पोख्रेल । गुप्तचर अधिकारीको भूमिकामा देखिएका पोख्रेलले चलचित्र एकलाई आफ्नो सिनेमा करिअरको ‘दोस्रो र चुनौतीपूर्ण इनिङ्स्’का रूपमा लिएका छन्।

चलचित्रको एक्सन निर्देशन प्रमोद खड्काले गरेका छन् ।

चलचित्रका अर्का कलाकार हुन् प्रमोद अग्रहरी ‘एक’ ले प्रमोद अग्रहरीलाई शक्तिशाली पर्फमरको रूपमा स्थापित गर्ने निर्देशक पण्डितको दाबी छ । चलचित्र ‘एक’ मा बाल कलाकारको रूपमा विश्वन्त पोख्रेल रहेका छन् ।

मधेसदेखि डोल्पासम्म छायाङ्कन गरिएको ‘एक’ को छायाङ्कन दीपक बज्राचार्यले गरेका हुन् भने सम्पादन भरत रेग्मीको रहेको छ । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाईँ र सोफिया थापाले निर्माण गरेको चलचित्र ‘एक’मा बाल कलाकारको रूपमा विश्वंत पोख्रेल देखिएका छन्।

प्रतिक्रिया दिनुहोस