काठमाडौँ । प्रदेश नं २ को मुख्य न्यायाधिवक्ताको कार्यालयका लागि पाँच जना कानुनी सहायता अधिकृतको माग गरिएको छ ।
मुख्य न्यायाधिवक्ताको कार्यालयले सूचना प्रकाशित गर्दै रिक्त रहेको प्रदेश कानुनी सहायता अधिकृत पदमा करार सेवाबाट पदपूर्ति गर्न पाँच जनाको माग गरिएको जानकारी दिएको छ ।
आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मुख्य न्यायाधिवक्ताको कार्यालय प्रदेश नं २ जनकपुरधाममा भदौ ६ गतेसम्म दरखास्त दिन सक्ने छन् ।
अन्तर्वार्ताका लागि भदौ १० गते कार्यालयको सूचना पाटीमा टाँस गरिने सूचनामा भनिएको छ । अन्तर्वार्ताको माध्यमबाट छनौट गरिने छ । सेवा अवधि २०७९ असार मसान्तसम्म हुने भनिएको छ ।
महिलालाई पहिलो प्राथमिकतामा राखिएको छ ।
