२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोप केन्द्रमा जान नसक्नेलाई घरमै गएर लगाउनू : सर्वोच्च

अ+ अ-

काठमाडौँ । खोप केन्द्रमा उपस्थित हुन असमर्थ सबै नागरिकलाई घरघरमै गएर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले त्यस्ता नागरिकको लगत सङ्कलन गरी खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

‘खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, बिस्तारामा रहेका, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घ रोगी तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिसमेतका लागि राज्यले वडा स्तरबाट लगत सङ्कलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घरघरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिब समय तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी संवैधानिक दायित्व निर्वाहका लागि कार्यक्रम सञ्चालन गर्नू–गराउनू,’ आदेशमा भनिएको छ ।

प्रवेश केसीले बिहीबार दायर गरेको रिटमाथि सर्वोच्चले अन्तरिम आदेश गरेको हो । रिटमा खोप लिन घन्टौँ लाइनमा बस्दा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सास्ती भएको उल्लेख थियो ।

कतिपय स्थानीय तहले भने यसअघि नै अशक्तलाई घरमै गएर खोप लगाउँदै आएका छन् । त्यसमध्ये एक काभ्रेको नमोबुद्ध नगरपालिका हो । खोप केन्द्रसम्म जान नसक्ने नागरिकलाई घरमै गएर खोप लगाउने गरिएको मेयर टिपी शर्मा तिमिल्सेनाले बताए ।

यातायातको पहुँचमा नभएका र हिँड्न पनि नसक्ने कतिपय नागरिकले खोप केन्द्रमा उपस्थित भएर खोप लगाउन नसक्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस