युवालाई दाम्लोले बाँधेर कुट्ने वडाध्यक्ष पाँच हजार धरौटीमा छुटे « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

युवालाई दाम्लोले बाँधेर कुट्ने वडाध्यक्ष पाँच हजार धरौटीमा छुटे


२८ श्रावण २०७८, बिहिबार


जाजरकोट । युवालाई दाम्लोले बाँधेर पक्राउ परेका वडाध्यक्षलाई पाँच हजार धरौटीमा छोडिएको छ । साउन १५ गते स्थानीय युवा सर्पे दमाई लाई कुटपिट गरी पक्राउ परेका जाजरकोटको जुन चाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई पाँच हजार धरौटीमा छुटाइएको हो ।

अध्यक्ष नेपालीले ती युवकलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो भाइरल भएपछि अध्यक्ष नेपालीको चौतर्फी विरोध भएको थियो । भिडियोको आधारमा प्रहरीले अध्यक्ष नेपालीलाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार : युवालाई दाम्लोले बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ

वडाध्यक्ष नेपालीले भने युवकलाई नपिटेको बताएका थिए । रक्सी खाएर वडा कार्यालयमा ढुङ्गा मुढा प्रहार गरेकोले सम्झाइ बुझाइ गरेको वडाध्यक्ष नेपालीले बताएका थिए । तर सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा वडाध्यक्ष लगायतका व्यक्तिहरूले निर्घात कुटपिट गरेको देखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस