युवालाई दाम्लोले बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

युवालाई दाम्लोले बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ


२१ श्रावण २०७८, बिहिबार


जाजरकोट । स्थानीय एक युवालाई दाम्लोले बाँधेर कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् ।

स्थानीय युवा सर्पे दमाई लाई साउन १५ गते दाम्लोले बाँधेर कुटपिट गरेका अध्यक्ष नेपालीलाई आज पक्राउ गरिएको जाजरकोट प्रहरीले जानकारी दिएको छ ।

अध्यक्ष नेपालीले ती युवकलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो भाइरल भएपछि अध्यक्ष नेपालीको चौतर्फी विरोध भएको थियो ।

वडाध्यक्ष नेपालीले भने युवकलाई नपिटेको बताएका थिए । रक्सी खाएर वडा कार्यालयमा ढुङ्गा मुढा प्रहार गरेकोले सम्झाइ बुझाइ गरेको वडाध्यक्ष नेपालीले बताएका थिए । तर सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा वडाध्यक्ष लगायतका व्यक्तिहरूले निर्घात कुटपिट गरेको देखिएको छ । भिडियोको आधारमा प्रहरीले अध्यक्ष नेपालीलाई पक्राउ गरेको हो ।

उक्त भिडियो, पीडितको बयान र प्रहरी प्रतिवेदनको आधारमा नेपालीलाई कारबाही प्रक्रिया अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस