उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गते सम्म थप, राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गते सम्म थप, राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने


२६ श्रावण २०७८, मंगलबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा आगामी भदौ ८ गते सम्म लम्ब्याइएको छ । आज (मंगलबार) बसेको उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले भदौ ८ गते सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । 

थपिएको निषेधाज्ञाको समयमा राति ८ बजेपछि सवारीलाई रोक लगाउने निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने उनले बताए ।

सम्बन्धित समाचार : निषेधाज्ञाबारे थप निर्णय गर्न उपत्यकाका सीडीओहरूको बैठक आज बस्दै

Tags :
प्रतिक्रिया दिनुहोस