बालाजु औद्योगिक क्षेत्रभित्रको आगो अझै नियन्त्रणमा आएन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बालाजु औद्योगिक क्षेत्रभित्रको आगो अझै नियन्त्रणमा आएन


२३ श्रावण २०७८, शनिबार


काठमाडौँ । बालाजु औद्योगिक क्षेत्र भित्रको बिस्कुट कारखानामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । शुक्रवार राति २ बजेदेखि लागेको आगो शनिवार दिउँसोसम्म पनि नियन्त्रणमा लिन नसकिएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।

आगो निभाउन बिहान सिम्रिक एयरको हेलिकप्टरबाट रानी पोखरी र पानी पोखरीबाट पानी ओसारिए पनि आगलागी नियन्त्रणमा आएको छैन ।

अहिले आगो निभाउन ५९ ओटा ट्याङ्कर र सात वटा दमकल प्रयोग गरिएको छ ।

बालाजु वृत्तका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले भने, ‘आगलागी नियन्त्रणमा आएको छैन, निभाउने कार्य जारी छ, ५९ वटा ट्याङ्कर र सात वटा दमकल छन्, बिहान हेलिकप्टरबाट पानी ओसारिएको थियो । अहिले दमकलबाटै निभाउने कार्य भइरहेको छ । भित्र भएकोले आगो निभाउन अलिकति गाह्रो भइरहेको छ, पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन ।’

सेना, सशस्त्र, नेपाल प्रहरी र दमकलले आगलागी नियन्त्रणका लागि प्रयास गरिरहेका छन्।

सम्बन्धित समाचार : बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी

Tags :
प्रतिक्रिया दिनुहोस