बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी


२३ श्रावण २०७८, शनिबार


काठमाडौँ। बालाजु औद्योगिक क्षेत्रमा शुक्रवार रातिदेखि भीषण आगलागी भएको छ । शुक्रवार राति दुई बजेदेखि भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।

प्रहरीका अनुसार १९ वटा पानी ट्याङ्कर ९ वटा वारुणयन्त्रे आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन सकेको छैन ।

औद्योगिक क्षेत्रमा रहेको एक बिस्कुट फ्याक्ट्रीमा आगलागी भएको छ । आगलागी कसरी भयो भन्ने कारण खुलेको छैन । आगलागीबाट भएको क्षतिको विवरण पनि आउन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस