सात निर्माण व्यवसायी र आपूर्तिकर्ता कालो सूचीमा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सात निर्माण व्यवसायी र आपूर्तिकर्ता कालो सूचीमा


२१ श्रावण २०७८, बिहिबार


काठमाडौँ । सरकारले सात वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा(१) बमोजिम दुई वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने गरी कालो सूचीमा राखेको हाे ।

काठमाडौँको शान्तिनगरस्थित श्री ए.के एण्ड गान्बा कन्स्ट्रक्सनलाई दुई वर्षका लागि कालो सूचीमा राखिएको छ । यसैगरी पर्वतको कुस्मा नगरपालिकास्थित श्री कालिगंगा निर्माण सेवा, इलामको श्री कण्टा निर्माण सेवा, कैलालीको लाटिनाथ कन्स्ट्रक्सन सेवा, उदयपुरको श्री अम्बा सप्लायर्स, सुनसरीको श्री आविद निर्माण सेवा र काभ्रेको श्री बिक्रम खाद्यस्टोरलाई एक/एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताहरुले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

सम्बन्धित समाचार : ११ कम्पनी कालो सूचीमा
सम्बन्धित समाचार : १५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालो सूचीमा

Tags :
प्रतिक्रिया दिनुहोस