सत्तारुढ गठबन्धनको कार्यदल बैठक जारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सत्तारुढ गठबन्धनको कार्यदल बैठक जारी


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलहरूको कार्यदलकाे बैठक बसिरहेको छ ।

आजको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउने कार्यदलका एक नेताले जानकारी दिए । सोमबार बसेको कार्यदलको बैठकमा न्यूनतम साझा कार्यक्रममाथि छलफल भएको थियो ।

सम्बन्धित समाचार : बालुवाटारमा सत्तारूढ कार्यदलको बैठक जारी, न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा डा. मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देव गुरुङ, राजेन्द्र श्रेष्ठलगायत नेताहरू छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस