बालुवाटारमा सत्तारूढ कार्यदलको बैठक जारी, न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बालुवाटारमा सत्तारूढ कार्यदलको बैठक जारी, न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी


१८ श्रावण २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन कार्यदलकाे बैठक बसिरहेको छ । आजको बैठकबाट सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि र आचारसंहिता बनाउने तयारी रहको छ ।

शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ति भएको कबिर तीन हप्ता हुन लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनभित्र सहमति हुन नसक्दा सरकारले पूर्णता पाउन नसकेकाे कार्यदलका सदस्यहरुकाे भनाइ छ ।

कतिपय सत्तारुढ नेताहरूले भने कार्यदलले काम गर्न नपाएका कारण काममा ढिलाइ भइरहेको बताएका छन् । कार्यदलमा रहेका दलहरूले आफ्नै पार्टीभित्र सहमति हुन सकिरहेका छैनन् । जसका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन ।

आजको बैठकबाट न्यूनतम साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तथा सरकार सञ्चालनलाई पनि प्रभावकारी बनाउने गठबन्धनको तयारी छ ।

सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा ७६(५) अनुसार काँग्रेस सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस