२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री देउवालाई प्रजातान्त्रिक समाजको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रजातान्त्रिक विचार समाजले आज भेट गरी विभिन्न समसामयिक जनजीविकाका सवालमा ध्यानाकर्षण गराएको छ ।

समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, महासचिव गोकर्ण अर्याललगायतको टोलीले जनतालाई कोरोनाको निःशुल्क उपचार तथा रोकथाम, खोपमा सबै जनतालाई सहज पहुँच, बाढी, पहिरो वा प्राकृतिक प्रकोपको रोकथाम, उद्धार र राहतलगायत विषयमा प्रधानमन्त्री देवालाई ध्यानाकर्षण गराएको हो ।

प्रधानमन्त्री देउवालाई समाजले ध्यानाकर्षण पत्रमार्फत मुलुकको जटिल राजनीति र कठिन अर्थतन्त्रकोे अहिलेको स्थितिले उनको नेतृत्वमा निकास र समाधान पाउने विश्वास लिएको जनाएको छ । लोकतान्त्रिक मूल्य, मान्यता र विधिलाई कुल्चिएर यसअघिको सरकारले गरेका स्वेच्छाचारी निर्णय सच्याएर लोकतन्त्र, विधिको शासन र सुशासन, पारदर्शीता स्थापित गर्न प्रधानमन्त्री देउवा नेतृत्वको संयुक्त सरकार सफल हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

मुलुकका विभिन्न समस्या र चुनौतीको समाधान गरी वर्तमान सरकारले संसदीय आवधिक निर्वाचन सुनिश्चित गर्ने विश्वास प्रजातान्त्रिक विचार समाजको छ । कांग्रेसको आसन्न १४औँ महाधिवेशन सम्पन्न गर्ने सभापतीय दायित्व पनि सभापति देउवासामु रहेको र सरकार निर्माणमा सम्मिलित दलहरुसमेत सबैलाई समेटेर राजनीतिलाई सहिष्णु र थप समावेशी बनाई सबै पक्षसँग हुने सहमति, सहयोग र सहकार्यले देशलाई नयाँ गति र भरोसा दिने समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस