पूर्व माओवादी केन्द्रका चार नेताको मुद्दा न्यायाधीश कार्कीको इजलासमा « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

पूर्व माओवादी केन्द्रका चार नेताको मुद्दा न्यायाधीश कार्कीको इजलासमा


१४ श्रावण २०७८, बिहिबार


काठमाडौँ । सांसद पदमा पुनर्बहाली माग गर्दै माओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै छ।

नेकपा माओवादी केन्द्रले सांसदबाट हटाएपछि पुनर्बहाली माग गर्दै रिट दायर गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीको मुद्दा न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको छ।

उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदर भागी हुनुपर्ने जिकिर गरेका छन्।

गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। माओवादीले पार्टीको विधान विपरीत अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारबाही गरेको थियो। त्यसपछि उनीहरूको सांसद पद गुमेको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई मन्त्री बनाएका थिए। सर्वोच्चको फैसलापछि उनीहरूको मन्त्री पद पनि गुमेको थियो ।

भट्ट कैलाली क्षेत्र नम्बर–४, रायमाझी अर्घाखाँची, साह रौतहट–३ र चौधरी कैलाली–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस