राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले लिए शपथ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले लिए शपथ


१४ श्रावण २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान सिंहदरवारमा प्रधानमन्त्री देउवाले उपाध्यक्ष डा.विश्वनाथ पौडेललाई शपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् । शपथपछि उपाध्यक्षमा पौडेल तथा सदस्यद्वय फुयाँल र गुरुङले आजै पदभार पनि ग्रहण गरेका छन् ।

गत मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरूमा डा. रामकुमार फुयाँल र डा.दिलबहादुर गुरुङलाई नियुक्त गरेको थियो ।

सम्बन्धित समाचार : आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले शपथ लिँदै

सम्बन्धित समाचार : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल नियुक्त

आयोगमा प्रधानमन्त्रीको अध्यक्षता रहन्छ भने एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्य र एक जना सदस्य सचिव रहने व्यवस्था छ । आयोगमा नेपाल सरकारका मुख्य सचिव र अर्थ सचिव पदेन सदस्य रहने गर्छन् ।

राष्ट्रिय योजना आयोग देश विकासको योजना तथा नीति तर्जुमामा सल्लाह दिने सबैभन्दा माथिल्लो निकाय हो ।

Tags :
प्रतिक्रिया दिनुहोस