काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच भेटवार्ता भएको हो ।
स्रोतका अनुसार भेटवार्तामा सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ ।