२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाताले उपलब्ध गराए ४० थान कन्सन्ट्रेटरसहित ४५ लाख नगद

अ+ अ-

वालिङ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि दाताले वालिङ नगरपालिकालाई ४० थान अक्सिजन कन्सन्ट्रेटरसहित नगद तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको वालिङमा यसको रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले सहयोग आह्वान गरेबमोजिम स्वास्थ्यसम्बन्धी सामग्री प्राप्त भएको हो ।

नगरपालिकाले गह्रौँ प्राथमिक अस्पताल वालिङमा स्थापना गरेको आईसोलेसन सेन्टरमा प्रयोग गर्नका लागि देश तथा विदेशमा रहेका विभिन्न सङ्घ संस्था तथा व्यक्तिको सहयोगमा स्वास्थ्य सामग्रीसहित नगद प्राप्त भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

विभिन्न सङ्घ संस्था तथा व्यक्तिले आवश्यकताअनुसारका स्वास्थ्य सामग्री सहयोग गर्ने बताएपछि पहिलो प्राथमिकतामा अक्सिजन कन्सन्ट्रेटर माग गरिएको र सोहीअनुसार ठूलो परिमाणमा प्राप्त भएको प्रमुख खाँणले बताए ।

‘नयाँ भेरियन्टले बिरामीमा स्वास प्रस्वाससम्बन्धी समस्या देखिएका कारण अक्सिजनको अभावकै कारण बिरामीको ज्यान तलमाथि नहोस् भनेर दातालाई अरुभन्दा पनि कन्सन्ट्रेटरलाई प्राथमिकतामा राख्न अनुरोध गर्यौं,’ प्रमुख खाँणले भने, ‘अक्सिजनको अभाव, अक्सिजन सिलिण्डरको अभाव र भर्नलाई दैनिक पोखरा जानुपर्ने समस्यालाई मध्यनजर गर्दै कन्सन्ट्रेटर माग गर्यौं, महामारीका समयमा यो सामग्री निक्कै उपयोगी बन्यो ।’

दोस्रो भेरियन्टको सङ्क्रमणको शुरुआतसँगै नगरपालिकामा हालसम्म दाताबाट नगद ४५ लाख ४३ हजार १४२ सहयोग प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस