किरण राज शर्मा सचिवमा बढुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

किरण राज शर्मा सचिवमा बढुवा


४ श्रावण २०७८, सोमबार


काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव किरण राज शर्मालाई सचिवमा बढुवा गरेको छ ।

सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा असार ३१ गते सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले शर्माको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिव बढुवाका लागि वरिष्ठ सहसचिव शर्माको नाम सिफारिस

शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवक्ताको रूपमा कार्यरत छन् ।

सरल र भद्र स्वभावका शर्मा निजामती क्षेत्रमा इमानदार प्रशासकका रूपमा चिनिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस