२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्दै, एमाले प्रतिपक्षी

अ+ अ-

काठमाडौँ । आज पुनर्स्थापित प्रतिनिधिसभाको आठौँ अधिवेशनको पहिलो बैठक बस्दै छ । बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो ।

दोस्रो पटक विघटित प्रतिनिधि सभालाई सर्वोच्चको आदेशबाट पुनर्स्थापित गर्दै तत्कालीन प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश दिएपछि काँग्रेस सत्तापक्षमा रहेको छ भने नेकपा एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा देखिने छ । आजको प्रतिनिधिसभा बैठक सबैको चासोको विषय पनि बनेको छ ।

आजको बैठकमा एमाले सरकारले ल्याएका विभिन्न विधेयकहरू प्रक्रियामा लगिने र बजेटसम्बन्धी अध्यादेश पनि पेस गर्ने सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले अध्यादेशबाट ल्याइएको बजेट संसदमा पेस गर्ने छन् । ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो ।

यद्यपि आइतबारको पहिलो बैठकको कार्यसूची भने बिहान १० बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुङ्गो लगाउने छ । चालु अधिवेशनमै प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिने छन् । तर उनले कहिले विश्वासको मत लिने भन्ने टुङ्गो लागेको छैन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस