सचिवका लागि तीन सहसचिवको नाम सिफारिस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा शुक्रवार(आज) सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय रामप्रसाद घिमिरे, हरी मैनाली र डिल्लीराज शर्माको नाम सिफारिस गरेको हो । घिमिरे अर्थ मन्त्रालयमा कार्यरत छन् भने मैनाली श्रम, रोजगार तथा रोजगार र शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् ।

आउँदो सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट सचिव बढुवाको निर्णय हुनेछ । साथै सोही दिन वरिष्ठ सहसचिव किरण राज शर्माको पनि सचिवमा बढुवा हुनेछ ।

सम्बन्धित समाचार : सचिव बढुवाका लागि वरिष्ठ सहसचिव शर्माको नाम सिफारिस

यही ६ गते सञ्चार सचिव हरी बस्यालले अनिवार्य अवकाश लिएसँगै यसै महिनाको अन्तिम साता थप दुई जना सचिवहरू राजश्व सचिव रामशरण पुडासैनी र बागमती प्रदेशका प्रमुख सचिव डा. मुकुन्द पौडेल पनि घर जाँदैछन् ।

सरकारले बढुवा सिफारिस समितिले पहिलो नम्बरमा परेकालाई सिफारिस गरेको अवस्थामा हरी मैनाली, डिल्ली घिमिरे र निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ पनि साउन महिनामै सचिव हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस