२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६७ करोडको राजस्व छली

अ+ अ-

काठमाडौँ । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को बीजक जारी गरी ६७ करोड बराबरको राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीका तीन जना सञ्चालकले नक्कली गतिविधि गरी राजस्व छली गरेको आरोपमा आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

सर्लाहीको मनिराज सप्लायर्सका प्रोप्राइटर राजदेवी तथा उक्त फार्मको मुख्य कारोवार गर्ने व्यक्ति राजाराम महतोले ४१ करोड ५१ लाख बढी बिगो बराबरको राजस्व छली गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।

उनीहरुले मालवस्तु खरीद तथा आयात नगरी, झुटा खरीद देखाइ विभिन्न फार्मलाई बिक्री बीजक मात्र जारी गरेको पाइएको छ । उक्त फार्मबाट बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको भ्याट सरकारी कोषमा दाखिला नगरेको पाइएको र विभिन्न फार्मलाई नक्कली एवं नक्कली बीजक उपलब्ध गराई जालसाजी गरी भ्याट र आयकरसमेत छली गरेको विभागको दाबी छ ।

अनुसन्धानमा भ्याटतर्फ १५ करोड ८४ लाख र आयकरतर्फ २५ करोड ६७ लाख गरी कूल ४१ करोड ५१ लाख ३१ हजार राजस्व चुहावट गरेको खुलेको छ ।

यसैबीच नक्कली बीजक प्रयोग गरी राजस्व छली गर्ने रौतहटको शिव ट्रेडर्सका प्रोपाइटर तथा अल्का सप्लायर्सका मुख्य कारोवारी ओमप्रकाश सिंहले २५ करोड ३५ लाख ४१ हजार बिगो बराबरको राजस्व छली गरेको आरोपमा आजै मुद्दा चलाइएको छ ।

उक्त बिगो असुल गरी जरिवाना र कैद मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । उनले पनि मालवस्तु खरीद तथा आयात नगरी, विभिन्न फार्मबाट नक्कली बीजक लिई आयकर र भ्याट छली गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस