२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र

अ+ अ-

कञ्चनपुर । कृषि पेशालाई आधुनिक बनाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक बनाउनका लागि सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयले कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र उपलब्ध गराएको छ ।

निर्देशनालयको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कृषि यान्त्रिकीकरण अनुदान सहयोग कार्यक्रमअन्तर्गत किसानलाई कृषियन्त्र तथा उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो ।

किसानलाई पावर ट्रिलर, मिनी ट्रिलर, धान थ्रेसर, गहुँ थ्रेसर, बताउने पङ्खा, रिपर, रोटाभेटर, हिले चक्का, सिड ड्रिल र डिस्क हेरोलगायत सामग्री अनुदानमा उपलब्ध गराइएको छ । किसानको मागअनुसार कृषियन्त्र तथा उपकरण अनुदानमा उपलब्ध गराइएको निर्देशनालयका कार्यालय प्रमुख यज्ञराज जोशीले बताए ।

‘कृषि यान्त्रिकीकरण अनुदान परिचालन कार्यविधि, २०७६ को अनुसूची ५ मा रहेको मूल्याङ्कनका सूचकका आधारमा मूल्याङ्कन गरी किसानलाई यान्त्रिकीकरणमा अनुदान उपलब्ध गराएका छौँ’, उनले भने, ‘सहकारी, समूह, फार्म र व्यक्तिलाई अनुदान दिइएको छ ।’

यान्त्रिकीकरणमा अनुदान उपलब्ध गराउनका लागि उपभोक्ताको किसिम, सामाजिक समावेशी, खेतीको व्यावसायिकता एवं खेती गरिएको क्षेत्रफल, उपलब्ध भौतिक पूर्वाधार (सिँचाइ, सडक, विद्युत्) प्राङ्गारिक खेती गरिरहेको, माग गरिएका सामग्रीको उपयोग, उपभोक्ताको अनुभव र लाभान्वित परिवार सङ्ख्यालाई आधारका रूपमा लिइएको छ ।

यन्त्र तथा उपकरणका लागि छनोटमा परेका किसानको अवस्थाका बारेमा जानकारी लिनका लागि अनुगमन गरी सम्झौताबमोजिम अनुदान रकम दिइएको छ । यसै गरी कैलालीका १९८ किसानलाई यान्त्रिकीकरणका लागि अनुदान रकम उपलब्ध गराइएको छ ।

‘कृषिमा यान्त्रिकीकरणलाई बढावा दिई प्रतिएकाइ उत्पादनमा वृद्धि तथा उत्पादन लागत घटाउने लक्ष्य लिएका छौँ’, कार्यालय प्रमुख जोशीले भने, ‘युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न कृषिलाई आधुनिकीकरण गरी व्यवसायीकरण एवं प्रतिस्पर्धात्मक बनाई खाद्य तथा पोषण सुरक्षामा पहुँच पुर्‍याउनु प्रमुख ध्येय रहेको छ ।’

उनका अनुसार यसबाट स्वरोजगारका अवसरसमेत सिर्जना हुनेछन् । युवाहरुले स्वदेशमै रोजगार पाउनेछन् । बालीअनुसार खेत तयारीदेखि चुटानीसम्म, खाद्यान्न बाली, तरकारी बाली र फलफूल उत्पादनमा यान्त्रिकीकरणको प्रयोग हुन थालेकाले श्रमसमेत निकै कम खर्च गर्नुपर्ने भएको छ । किसानले कम लागतमा बढी उत्पादन लिई आम्दानीमा बढोत्तरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस