वायुसेवा निगमको कार्यालयमा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वायुसेवा निगमको कार्यालयमा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो


२२ असार २०७८, मंगलबार


काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को कार्यालयमा लगाएको ताला प्रहरीले खोलेको छ । संरचना परिवर्तन गर्न प्रक्रिया अगाडि बढाएको विरोधमा एयरलाइन्सका कर्मचारीले शुक्रबारदेखि महाप्रवन्धकको कार्यकक्षमा लगाएको ताला मंगलबार प्रहरीले खोलेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई समन्वय गरिदिनु अनुरोध गरेबमोजिम पुगेको प्रहरीले ताला खोलेको हो । निगमका कर्मचारीहरुले भने प्रहरीले जबर्जस्ती ताला खोलेको भन्दै विरोध जारी राखेका छन् ।

निगमलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने गरि तयारी शुरु भएसँगै कर्मचारी भने संस्थान नै रहनु पर्ने माग सहित विरोधमा उत्रिएका छन् ।

सम्बन्धित समाचार : वायुसेवा निगमका कर्मचारीले गरे कार्यालयमा तालाबन्दी

Tags :
प्रतिक्रिया दिनुहोस