तीन सचिवको सरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तीन सचिवको सरुवा


२१ असार २०७८, सोमबार


काठमाडौँ । सरकारले तीन जना सचिवको सरुवा गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् नियमित बैठकले सचिवत्रय तोया ज्ञवाली, रामकृष्ण सुवेदी र सुरेश आचार्यलाई सरुवा गर्ने निर्णय गरेको बालुवाटार उच्च स्रोतले प्रशासन सिँहदरवार ब्युरोलाई बतायो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ज्ञवालीलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । सुदूर पश्चिम प्रदेश प्रमुख सचिव सुवेदीलाई उपराष्ट्रपतिको कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय(विज्ञान)मा आचार्यको सरुवा भएको हो ।

राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्यमा नियुक्त भएसँगै उक्त पद रिक्त थियो । त्यसैगरी सचिव गोपी मैनालीले अनिवार्य अवकाश लिएसँगै उपराष्ट्रपतिको कार्यालय र सञ्जय शर्मा अनिवार्य अवकाशमा गएसँगै विज्ञान सचिवको पद रिक्त रहेको थियो ।

आजैको मन्त्रिपरिषद् बैठकले प्रशासन र प्राविधिक तर्फ दुई जना सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार : बुर्लाकोटी र तिवारी सचिवमा बढुवा

Tags :
प्रतिक्रिया दिनुहोस