बुर्लाकोटी र तिवारी सचिवमा बढुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बुर्लाकोटी र तिवारी सचिवमा बढुवा


२१ असार २०७८, सोमबार


काठमाडौँ । सरकारले वरिष्ठ सहसचिवद्वय मधुसूदन बुर्लाकोटी र सुशील चन्द तिवारीलाई सचिवमा बढुवा गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् नियमित बैठकले बढुवा समितिले छुट्टाछुट्टै सिफारिस गरेका बुर्लाकोटी र तिवारीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए । बुर्लाकोटी प्रशासन सेवाका हुन् भने तिवारी प्राविधिक तर्फका हुन् । बढुवासँगै बुर्लाकोटीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव र सुशील चन्द्र तिवारीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पदस्थापन गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ सहसचिव मधुसूदन बुर्लाकोटी, कृष्णहरि पुष्कर र खगेन्द्रप्रसाद नेपालको सिफारिस गरिएको छ भने प्राविधिकतर्फ सुशील चन्द तिवारी, गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनालको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : प्रशासन र प्राविधिकतर्फ दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम सिफारिस

पछिल्लो समय सरकारले बढुवा सिफारिस समितिले सिफारिस गरेको रोलक्रमअनुशार पहिलो नम्बरलाई नै सचिव बढुवा गरेर विवादरहित निर्णय गर्दै आएको छ, जुन निजामती प्रशासनका लागि राम्रो अभ्यास हो ।

प्रतिक्रिया दिनुहोस