२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रिकेटको बन्द प्रशिक्षण स्थगित

अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगन गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार कोभिड १९ का कारण आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएपछि बन्द प्रशिक्षण स्थगन गरिएको हो ।

मङ्गलबारदेखि बन्द प्रशिक्षण थालेको थियो । सो बन्द प्रशिक्षणमा १९ खेलाडी सम्मिलित थिए । बन्द प्रशिक्षण स्थगन गरिए पनि सामान्य प्रशिक्षण भने जारी रहने क्यानले जनाएको छ । खेलाडीहरूलाई प्रशिक्षण दिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोर हालै श्रीलङ्काबाट नेपाल आएका थिए ।

बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, विक्रम शोब र पवन सर्राफ रहेका हुन् ।

नेपालले गत वर्ष माघ तेस्रो साता त्रिवि क्रिकेट मैदानमा पहिलो अमेरिका र ओमानसँग पहिलो सिरिज खेलेको थियो । आइसीसी विश्व कप क्रिकेट लिग दुई विश्वकपसम्म पुग्ने सिँढी हो ।

लिग दुईमा नेपालसँगै अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि शुरु भएको हो । लिगको शीर्ष तीन टोलीले विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् ।

उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस