२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केएमसी अस्पतालले एचआइभी पीडित तथा अनाथको निःशुल्क उपचार गर्ने

अ+ अ-

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालले एचआइभी पीडित, अनाथ बालबालिका तथा यौनकर्मीको निःशुल्क उपचार गर्ने भएको छ।

घरेलु महिला हिंसा, यौन हिंसा, मानव बेचविखन, बाल श्रम तथा महिला हक अधिकारका विषयमा लामो समयदेखि काम गर्दै आइरहेको माइती नेपाल र केएमसीबीच आज निःशुल्क उपचार सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

केएमसीले माइती नेपालको सिफारिसमा आउने यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाहरुलाई निःशुल्क उपचार गर्ने जनाइएको छ । केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले केएमसीले अब माइती नेपालको सिफारिसमा यौनकर्मी, एचआइभीपीडित र अनाथहरुको निःशुल्क उपचार गर्ने बताए।

सम्झौताअनुसार केएमसीले वार्षिक ५० लाख रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्योपचार सेवा दिनेछ। जसमा औषधिबाहेक अस्पतालबाट प्राप्त हुने जुनसुकै प्रकारका सेवाहरु निःशुल्क हुने जनाइएको छ। सम्झौतापत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष डा. सुनिल शर्मा र सञ्चालक विजयकुमार पाण्डे तथा माइती नेपालका तर्फबाट अध्यक्ष अनुराधा कोइराला र कार्यकारी निर्देशक विश्वराम खड्काले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस