२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तरजिल्ला सुरक्षा समन्वयमा ध्यान दिन प्रहरी महानिरीक्षकको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्ने विषयमा अन्तरजिल्ला सुरक्षा समन्वयमा विशेष ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

हालै सरुवा भएका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई आज निर्देशन दिँदै उनले परिस्थितिअनुसार पूर्ण व्यावसायिक रुपमा काम गर्न पनि आग्रह गरे ।

प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनले जिल्ला कमान्डरको आधारभूत भूमिका वहन गरी समग्र  सुरक्षाको अनुभूति गराई सौहार्दपूर्ण वातावरण बनाउन विशेष चनाखो भई परिचालित हुन सुझाव दिए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मनसुनजन्य विपद्, कोभिड–१९ को संक्रमण जस्तो विषम परिस्थितिमा विपद् व्यवस्थापन तथा कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा आआफ्ना तर्फबाट सक्रियतापूर्वक योगदान पु¥याउनका लागि आवश्यक सुरक्षा योजनाका साथ लाग्न निर्देशन दिए ।

आर्थिक अनियमितताविरुद्ध खरो रुपमा प्रस्तुत भई प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि प्रहरी नेतृत्वलाई व्यवहार, सुविधा, ड्युटी, बिदा र कार्यसम्पादन मूल्यांकन न्यायोचित रुपमा गर्न पनि उनले सुझाव दिएका छन्। उनले सीमा अपराध नियन्त्रण तथा आपराधिक गतिविधि निस्तेज पार्नका लागि सम्बन्धित निकायसँग आपसी समन्वय बढाउन पनि आग्रह गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले यही असार ८ गते ५२ प्रहरी उपरीक्षक र ५७ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस