२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवालगायत ११ संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त हुँदै

अ+ अ-

काठमाडौँ । लोक सेवालगायत ११ वटा संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्ति हुँदै छन् ।

संवैधानिक परिषद्ले सिफारिस गरेका लोक सेवा आयोगलगायत विभिन्न ११ वटा आयोगका अध्यक्ष तथा सदस्य गरी २० पदाधिकारीहरूको सूची राष्ट्रपति कार्यालयमा तयारी अवस्था रहेको जनाएको छ । प्रशासन उच्च स्रोतका अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति दिँदै छिन् ।

प्रतिनिधिसभा विघटन भएको र सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ नभइसकेकाले वैशाख अन्तिम साता सिफारिस गरिएका संवैधानिक निकायका पदाधिकारीले स्वतः नियुक्ति पाउने भएका हुन् । संवैधानिक परिषद्ले संवैधानिक निकायमा पदाधिकारी सिफारिस गरेका नाम सुनुवाइका लागि संसद् सचिवालयलाई जानकारी गराएको ४५ दिनभित्र सुनुवाइ सक्नुपर्ने प्रावधान छ ।

यसअघि गत मङ्सिरमा सिफारिस गरिएका संवैधानिक निकायका ३२ पदाधिकारीलाई प्रतिनिधिसभा नहुँदा संसदीय सुनुवाइबिनै ४५ दिनपछि स्वतः नियुक्त गरिएको थियो । परिषद्ले गत मङ्सिर ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलगायतमा ३८ जनाको सिफारिस गरेकामा ३२ जनाले सुनुवाइबिना नियुक्ति पाएका थिए । सिफारिस गरेको ६ दिनपछि अर्थात् पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएकै दिन परिषद्ले सिफारिसको जानकारी संसद् सचिवालयलाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस