२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाबाट अभिभावक गुमाएका बालबालिकालाई सहयोग

अ+ अ-

ललितपुर । महालक्ष्मी नगरपालिकाले कोरोना महामारीबाट अभिभावक गुमाएका बालबालिकालाई वार्षिक रुपमा रु २५ हजार सहयोग गर्ने भएको छ ।

नगरप्रमुख रामेश्वर श्रेष्ठले दशौ नगरसभामा आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाभित्रका अभिभावक गुमाएका १८ बर्ष मुनिका बालबालिकाका अध्ययनका लागि शैक्षिक सहायता प्रदान गर्ने जानकारी दिए ।

नीति तथा कार्यक्रममा हरित विद्यालयको अवधारणा बमोजिम शिक्षक तथा विद्यार्थी र अभिभावकको संम्लग्नतामा ‘एक विद्यालय एक बगैँचा’,सबै सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स घुम्ती सेवा’ कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ । महालक्ष्मी वडा नं ८ मा रहेको लुभू प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल स्तरोन्नतीका लागि जग्गा लगायत पूर्वाधारको विकास गरिने र वडा नं ९ लामाटारमा ५० श्ययाको सरुवा रोग अस्पताल स्थापनका लागि समेत पहल गरिने उल्लेख छ ।

घरेलु उद्योगलाई प्रोत्साहन गर्न बार्षिक करमा २५ प्रतिशत छुट, ७० वर्ष माथि ज्येष्ठ नागरिकका लागि प्रत्येक महिना घरदैलोमा रक्तचाप , मधुमेह तथा अक्सिजनको मात्रा परीक्षणका साथै औषधि वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । वातावरण प्रदूषण गर्ने उद्योगको स्थापना एवं सञ्चालनमा रोक ,हरेक घरमा हरियाली तथा पोषण प्रवद्र्धन गरिने, यसका लागि कम्तीमा एक जोडी फलफूलको बिरुवा रोपन, ‘एक टोल एक उद्यान’ अभियान अन्तर्गत आगामी आवमा प्रत्येक वडामा एक उद्यान निर्माण तथा वडा नं ६ सिद्धिपुरमा मानेवारीका साथै वडा नं १० लामाटारमा तामाङ सङ्ग्रहालय स्थापना गरिने जनाइएको छ ।

उक्त कार्यक्रममा सङ्घ, प्रदेश तथा अन्य सङ्घ संस्थाहरुसँगको सहलगानीमा तरकारी तथा फलफूलका लागि शीतभण्डार निर्माण, नगरपालिका भित्र उत्पादित सामाग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालन, लामाटार मनमोहन मेमोरियल उद्यान, वडा नं १ इमाडोलमा बहुउद्देश्यीय भवनका साथै नगर सभाहल निर्माण लगायतका रणनीतिक महत्वका योजनालाई बहुबर्षीय योजनाका रुपमा प्राथमिकताका साथ अघि बढाइने बताइएको छ । नीति तथा कार्यक्रमलाई दशौँ नगरसभाले सर्वसम्मतिले पास गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस