२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति गठित

अ+ अ-

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले बिहिबार सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत रुपमा जानकारी लिएका छन् ।

बुधबार साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुगेका सभामुख सापकोटाले मेलम्ची नगरपालिका प्रमुख र सम्बद्ध पक्षसंँग विस्तृत जानकारी लिए ।

नगर प्रमुख डम्बर अर्यालले अहिलेसम्मका उद्धार, राहत र भए गरेका कामबारे जानकारी दिए । नगरपालिकामा भएको छलफलमा सभामुख सापकोटाले बाढीपछि अवरुद्ध फोन, इन्टरनेटलगायत सूचना तथा सञ्चार क्षेत्र, विद्युत् र सडक तत्काल चालु गर्न संघ, प्रदेश र स्थानीय सरकारका समन्वयमा कार्य अघि बढाउनुपर्ने बताए ।

सभामुख सापकोटाको प्रमुख आतिथ्यतामा नगरपालिकामा भएको सर्वपक्षीय छलफलबाट बाढीका कारण पीडामा परेका नागरिकलाई तत्काल राहत वितरणलगायत कार्य गर्न जिसस प्रमुख कृष्णगोपाल तामाङका संयोजकत्वमा ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन भएको छ ।

बाढीबाट विस्थापितलाई तत्काल राहतका लागि सभामुख सापकोटाका पहलमा उपलब्ध भएका खाद्यान्नलगायत राहत सामग्री उनको उपस्थितिमा बिहिबारनै समितिलाई हस्तान्तरण गरिएको छ । समितिले बाढी पीडितका लागि प्राप्त भएका र आगामी दिनमा प्राप्त हुने सबैखाले राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस