३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

अ+ अ-

पोखरा । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका छन् ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसिमा सकिँदासम्म पनि मुख्यमन्त्री नियुक्त नगर्नु संसद विघटनको संकेतका रुपमा विपक्षी गठबन्धनले बुझेको छन्। संसद् विघटन हुन नदिनका लागि दबाब दिने उद्द‍ेश्यले उनीहरू धर्नामा बसेका हुन्। विपक्षी गवठबन्धन धर्नामा बसेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार बनाउन शुक्रबार २४ घण्टाका लागि दलहरूलाई समय दिएकी थिइन्। प्रदेश प्रमुखले दिएको समयसीमाअनुसार शनिबार दिउँसो तीन बजेसम्म समय थियो।

विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार नै ३१ प्रदेशसभा सदस्यको उपस्थितिसहित दाबी पेश गरेका थिए ।

त्यसैगरी आज सत्तापक्ष (एमाले)ले पनि पृथ्वीसुब्बा गुरुङलाई मुख्यन्त्री प्रस्ताव गर्दै राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)को समर्थनको पत्रसहित प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि प्रक्रियामा गएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। संविधानको धारा १६८ (३) बमोजिम दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले बिहीबार प्रदेश सभाबाट विश्वास गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस