२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान

अ+ अ-

चीन । चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरू पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ । चीनले पहिलो पटक तीन जना अन्तरिक्ष यात्रीलाई नयाँ अन्तरिक्ष केन्द्रमा पठाउँदैछ । उनीहरु तीन महिना अन्तरिक्षमा रहने छन् । उनीहरुले त्यहाँ रहँदा अन्तरिक्ष केन्द्र बाहिर हिँड्ने (स्पेस वाक), निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान गर्नेछन् ।

तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्रको मुख्य खण्ड गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो भने गत महिना अन्तरिक्ष यात्रीका लागि आवश्यक इन्धन, खाद्यान्न र उपकरण बोकेको कार्गो रकेट पठाइएको थियो । लङ मार्च–२एफ वाई १२ रकेटलाई बुधबार चीनको उत्तरपश्चिम स्थित जिक्वान स्याटेलाइट लन्च सेन्टरमा पठाइएको छ । यो रकेटले सम्भवतः आगामी बुधबार अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा पठाउने छ ।

चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले अर्को वर्षको अन्त्यसम्ममा ११ वटा रकेट प्रक्षेपण गर्नेछ जसले दुई वटा प्रयोगशाला मोड्युलहरु अन्तरिक्षमा पठाउने छ । हाल तियान्हेको वजन करिब ७० टन छ । चीनले चार पटक अन्तरिक्ष यात्रीहरू अन्तरिक्षमा पठाउने योजना बनाएको छ ।

चीनले पठाउन लागेका अन्तरिक्ष यात्रीहरूमा वरिष्ठ अन्तरिक्ष यात्रीहरू, नयाँ व्यक्तिहरु र महिलाहरु पनि रहेका छन् । चीनले यसअघि ११ जना यात्रीलाई अन्तरिक्षमा पठाइसकेको छ जसमा सबैजसो चीनको सेनाका पाइलटहरू रहेका छन् ।

हालसम्म संयुक्तराज्य अमेरिका र रुसले अन्तरिक्षमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र बनाएका छन् । यी केन्द्रमा अमेरिका र रुस समेत अन्य देशका अन्तरिक्ष यात्रीलाई अवसर दिइए पनि चीनलाई भने सुरक्षा खतरा भन्दै संयुक्तराज्य अमेरिकाले सहभागी गराइ रहेको छैन ।

प्रतिक्रिया दिनुहोस