३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुम पूर्वका विद्यालयमा वार्षिक परीक्षा सञ्चालन

अ+ अ-

रुकुम(पूर्व) । कोरोना महामारीका बीच रुकुम (पूर्व) का विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा शुरु गरिएको हो ।

कक्षा १० सम्म पठनपाठन सञ्चालन हुने गरेका ९ वडाका सामुदायिक र संस्थागत विद्यालयमा परीक्षा शुरु भएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख मंगलसिंह बुढाले जानकारी दिए ।

सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन भइरहेको उनले बताए । यस्तै गाउँपालिकाका अन्य विद्यालयमा भने कक्षा १ देखि ९ सम्मको परीक्षा यही वैशाखको २२ गतेदेखि शुरु गरिने शिक्षा शाखा प्रमुख बुढाले बताए ।

यस्तै भूमे गाउँपलिकाले पनि वैशाखको १९ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । कक्षा ८ बाहेक १ देखि १० कक्षासम्मको परीक्षा १९ गतेदेखि शुरु गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख कौशलकुमार तीवारीले जानकारी दिए ।

गाउँ शिक्षा समितिका संयोजक एवम् भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरको अध्यक्षतामा बसेको प्रधानाध्यापकहरूको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यस्तै भूमे गाउँपालिका भित्रका विद्यालयमा कक्षा ८ को परीक्षा भने वैशाख २२ गतेदेखि शुरु गरिने शिक्षा शाखा प्रमुख तीवारीले बताए ।

यसअघि गाउँपालिकाले वार्षिक परीक्षा वैशाख २६ गतेदेखि शुरु गर्ने निर्णय गरेको तर पछिल्लो समय कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै छिटोछरितो सक्ने भनेर परीक्षाको मिति अघि सारिएको उनले बताए।

यस्तै पुथाउत्तरगङ्गा गाउँपालिकाले यही वैशाखको २० गतेदेखि वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिकाले कक्षा १ देखि १० सम्मको परीक्षा शुरु गर्ने तयारी गरेको गाउँपालिकाका १२ नम्बर वडाध्यक्ष गङ्गाबहादुर पुनले जानकारी दिए।

जिल्लामा अहिलेसम्म कोरोनाका बिरामी खासै नदेखिएको र शैक्षिक सत्र पनि सकिएकाले स्वास्थ्य मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्नु भनेर गाउँपालिकाहरूले गरेको निर्णयमा रोकतोक नलगाएको शिक्षा विकास तथा समन्वय एकाई प्रमुख तिलक गौतमले बताए।

यता जिल्ला कोभिड सङ्कट व्यस्थापन केन्द्र (डिसीसीएमसी) रुकुम (पूर्व) ले भने विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको दोस्रो भेरियन्टले आक्रान्त पारिरहेको बेलामा यसको जोखिमलाई नियन्त्रण गर्न विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरिएको हो । कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले भौतिक रूपमा उपस्थित भएर गरिने पठनपाठन पूर्ण रूपले बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले अहिले कोभिड सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सबै विद्यालयहरू बन्द गर्न निर्देशन गर्नुका साथै पूर्व निर्धारीत सबै परीक्षाहरू स्थगन गरिसकेको छ । यहाँका विद्यालयहरूमा पनि पठनपाठन स्थगन गर्ने निर्णय भएको जिल्ला प्रहरी प्रमुख गणेशबहादुर श्रेष्ठले जानकारी दिए। यस्तै बैठकले सरकारी कर्मचारीहरूलाई अन्तरजिल्ला आवतजावतमा कडाई गर्ने, साँझको ७ बजेभन्दा पछाडी बिहान ६ बजेसम्म यात्रुबाहक गाडीलाई जिल्ला प्रवेशमा निषेध गर्ने निर्णय पनि गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस