२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्दाबन्दीमा कालोबजारी हुन नदिन अनुगमन

अ+ अ-

राँझा । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपालगञ्जमा जारी बन्दाबन्दीमा कालोबजारी हुन नदिन बजार अनुगमनमा कडाइ गरिएको छ ।

दैनिक उपभोग्य वस्तु र स्वास्थ्य सामग्रीमा कालोबजारी भएको गुनासो आएपछि नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमनलाई कडाइ गरेको नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले जानकारी दिइन् ।

उनका अनुसार, उपभोक्ता हित संरक्षण समितिले सरोकारवाला निकायसँगको समन्वयमा दैनिकरूपमा बजार अनुगमनलाई निरन्तरता दिइएको छ । दैनिक उपभोग्य वस्तु, तरकारी बजार र औषधि पसलमा समेत अनुगमनको कार्य भएको छ ।

मङ्गलबार औषधि र सर्जिकलजन्य पसलको अनुगमन गर्दा केही औषधि पसलमा व्यवसायीबिनै औषधि पसल सञ्चालन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको अनुगमन समितिले जनाएको छ ।

नेपालगञ्जका विभिन्न औषधि र सर्जिकल पसलको अनुगमन गर्ने क्रममा अक्सिमिटर, स्यानिटाइजरजस्ता अत्यावश्यक वस्तुको मूल्य र गुणस्तरमा उपभोक्तालाई झुक्याउने गरी लेवलमा अधिकतम खुद्रा मूल्य केरमेट गर्ने र उपभोग्य म्याद समाप्त भएका स्यानिटाइजर बिक्री गर्ने एक सर्जिकल पसल पश्चिमाञ्चल डिष्ट्रब्युटर्सलाई तत्काल रु दुई लाख जरिवाना गरी लेवलमा केरमेट गरिएका अक्सिमिटरलगायत वस्तु बिक्री नगरी फिर्ता गर्न निर्देशन दिइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।

अनुगमनका क्रममा औषधि पसलमा व्यवसायीबिनै अनधिकृत व्यक्तिले औषधि बिक्री वितरण गरेको र अक्सिमिटर, स्यानिटाइजरजस्ता अत्यावश्यक वस्तुको मूल्य र गुणस्तरमा उपभोक्तालाई झुक्याउने गरी लेवलमा केरमेट गर्ने गरेको पाइएको अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका बाँकेका अध्यक्ष वसन्त गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस