काठमाडौँ उपत्यकामा वैशाख १६ गते देखि यातायात बन्द गर्ने निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ उपत्यकामा वैशाख १६ गते देखि यातायात बन्द गर्ने निर्णय


१३ बैशाख २०७८, सोमबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ ।

उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज (सोमबार) बसेको बैठकले सार्वजनिक र निजी यातायात बन्द गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समयमा कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिएसँगै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सचिवालयको आइतबार बसेको बैठकले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो ।

उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज (सोमबार) बसेको बैठकले सो निर्णय गरेको हो ।

सम्बन्धित समाचार : काठमाडौँ उपत्यकामा वैशाख १६ मध्यरातदेखि निषेधाज्ञा जारी गर्ने तयारी, औपचारिक निर्णय आउन बाँकी

Tags :
प्रतिक्रिया दिनुहोस