काठमाडौँ उपत्यकामा वैशाख १६ मध्यरातदेखि निषेधाज्ञा जारी गर्ने तयारी, औपचारिक निर्णय आउन बाँकी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ उपत्यकामा वैशाख १६ मध्यरातदेखि निषेधाज्ञा जारी गर्ने तयारी, औपचारिक निर्णय आउन बाँकी


१३ बैशाख २०७८, सोमबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । सोमबार बिहान काठमाडौँ, ललितपुर र भक्तपुरका प्रशासनबिच भएको छलफलपछि आगामी वैशाख १६ गते मध्यरातदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने तयारी गरिएको सहभागी एक अधिकारीले बताएका छन् ।

ती अधिकारीका अनुसार उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने छन् भने निजी र सार्वजनिक यातायात दुवै बन्द हुनेछन्। त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा पनि रोक लगाइने तयारी छ ।

दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसललाई भने सहज होस् भनेर समय तोकिने पनि जनाइएको छ ।

सरकारले अत्यावश्यक भनी तोकेका क्षेत्रका कर्मचारीलाई भने पास र सम्बन्धित कार्यालयको परिचयपत्रका अनुसार आवतजावत भने गर्न दिइने छ ।

सोमबार बिहान काठमाडौँ, भक्तपुर र ललितपुर प्रशासनको बैठकपछि गृह मन्त्रालयसँग निषेधाज्ञाको खाका र समयावधिबारे परामर्श भएको थियो ।

प्रतिक्रिया दिनुहोस