काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ ।
नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि समावेदन दर्तासहित अविश्वासको प्रस्ताव आउने भएको हो ।
नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले अधिवेशनका लागि समावेदन दर्ता गर्न लागेको एक नेताले बताएका छन् । प्रस्ताव दर्ता हुन लागेको सूचना पाएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा आकस्मिक बैठक बोलाएका छन् ।
सम्बन्धित समाचार : प्रधानमन्त्री ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीकाे आकस्मिक बैठक
सम्बन्धित समाचार : काँग्रेसले बोलायो पदाधिकारी बैठक
उनले अविश्वासको प्रस्ताव आएमा फ्लोर क्रस हुने सम्भावनालाई दृष्टिगत गर्दै आफू विरोधी समानुपातिकतर्फका सांसदहरूलाई हटाउने निर्णय लिन सक्ने बालुवाटार स्रोतले बताएको छ ।
यद्यपी जसपा दूइ भागमा विभाजित छ भने माओबादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्था छैन ।