कोरोनाविरुद्धको मापदण्ड पालना नगर्नेलाई कारबाही : प्रधानमन्त्री ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोनाविरुद्धको मापदण्ड पालना नगर्नेलाई कारबाही : प्रधानमन्त्री ओली


११ बैशाख २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन् ।

कोरोनाको वर्तमान स्थिति, सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनलगायत विषयमा कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र९सीसीएमसी०को ब्रिफिङपछि ओलीले मापदण्ड पालना नगर्ने कारबाही गर्नुपर्ने बताएका हुन् । सीसीएमसीका अधिकारीहरूले वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको बताएसँगै प्रधानमन्त्री ओलीले सो भनेका हुन् ।

सम्बन्धित समाचार : तत्कालै देशव्यापी लकडाउन आवश्यक छैन प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले थप गर्नुपर्ने काम र त्यसबारे सीसीएमसीले छलफल गरेर मन्त्रिपरिषद्‍मा प्रस्ताव ल्याउनसमेत निर्देशन दिएको सहभागी एक सचिवले बताएका छन् ।

सरकारले सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिम खाना, स्विमिङ पुल लगायत भिडभाड हुने ठाउँलाई वैशाखभर बन्द गर्नुपर्ने, धार्मिक स्थलमा वैशाख मसान्तसम्म नृत्य पूजा मात्रै गर्नेरगराउन, एक पटकका २५ जनाभन्दा बढी भन्दा बढी उपस्थित नहुन र सबैलाई मास्क अनिवार्य गर्न वैशाख ६ गते आदेश जारी गरेको थियो ।

सपिङ मल, डिपार्टमेन्ट स्टोरमा पनि २५ जनाको मात्रै उपस्थितिमा स्वास्थ्य मापदण्ड अपनाउँदै सञ्चालन गर्नुपर्ने आदेशमा छ । त्यस्तै मेला, महोत्सव, जात्रा, व्रतबन्ध, मलामी लगायत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्दा २५ जनाभन्दा बढी भेला हुन नहुने र पार्टी प्यालेसमा विवाह लगायतका कार्य गर्नुपर्ने भएमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिई २५ जनाभन्दा बढी उपस्थित नहुने गरी गर्न सकिने सरकारले आदेश जारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस