भोलि सर्वदलीय बैठक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भोलि सर्वदलीय बैठक


३ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न भन्दै सर्वदलीय बैठक बोलाएका छन् ।

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्नुअघि शनिवार(भोलि) बिहान ११ बजे प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक राख्ने विषयमा प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेको बताइएको छ ।

सम्बन्धित : प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन: ‘बाटो बनाई दिनुस् भन्ने वाला छु’-प्रचण्ड

प्रधानमन्त्रीको फोन आयो भन्दै ललितपुरको एक कार्यक्रममा छोटो मन्तव्य दिएर हिँडेका प्रचण्डसँगको टेलिफोनमा भोलि सबै विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएकोले आउनका लागि आग्रह गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस