२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यमनको माारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको मृत्यु

अ+ अ-

आडेन । यमनको मारिब क्षेत्रमा गएको २४ घन्टाभित्र भएको हिंसामा परी कम्तीमा पनि ४७ जनाको मृत्यु भएको बताइएको छ । सो क्षेत्रमा विगत लामो समयदेखि हिंसा जारी रहेको पनि बताइएको छ ।

द्धिपक्षीय भिडन्तमा परेर ती ४७ जनाको गएको २४ घन्टा यता निधन भएको समाचारमा उल्लेख गरिएको छ ।

उत्तरी यमनको सो मारिब प्रान्तमा हुथी विद्रोही समूहले आक्रमण गर्ने गरेका छन् । त्यस क्षेत्रमा सरकारी सेनाले पछिल्लो समयमा हुथी विद्रोहीहरुका विरुद्धमा आक्रामक रुमपा कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ ।

सो क्षेत्रमा साउदी अरेबियाको सहयोगको सैन्य समूहले हवाई कारबाही पनि गरेको छ । पछिल्लो समयमा भएको सो हवाई कारबाहीबाट नै ती विद्रोही मारिएका छन् ।

पछिल्लो २४ घन्टामा पनि साउदी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परेर २५ जना हुथी व्रिद्रोही मारिएका छन् । उता हुथी विद्रोहीले यमनको सेनामाथि पनि हमला गरेका छन् ।

त्यसमा परेर कम्तीमा पनि २० जना सेना मारिएका स्थानीय अधिकारीले जनाएका छन् । ती अधिकारीले पछिल्लो समयमा विद्रोहीहरुको निसानामा सर्वसाधारण नागरिक पनि पर्ने गरेको बताएका छन् ।

हुथी विद्रोहीहरुको आक्रमणमा परेर सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ । गत शनिबार पनि सो क्षेत्रमा सरकारी सेना र हुथी विद्रोहीबीच ठूलो भिडन्त भएको छ ।

तेलका लागि धनी सो क्षेत्रमा विगत लामो समयदेखि यहाँका विद्रोहीहरुले तेल कब्जा गर्नका लागि भिडन्त गर्ने गरेका छन् । तर यहाँको सरकारी सेनाले पनि यहाँको स्थानीय सरकार र स्थानीय विभिन्न जातिहरुसँग मिलेर विद्रोहीहरुका विरुद्धमा सशक्त कारबाही गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस