काठमाडौँ । कांग्रेस नेता तथा पूर्व उद्योगमन्त्री नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको छ । शुक्रबारको तुलनामा उनको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको उपचारमा संलग्न नर्भिक अस्पतालका न्युरोसर्जन डा। राजीव झाले बताए । स्वास्थ्यमा सामान्य सुधार देखिएपनि पनि खतरामुक्त भने नभएको डा. झाले बताए
शनिबार बिहान जोशीको शरीरको दायाँ भाग चल्न थालेको डा. झाले बताए । शनिबार बिहानदेखि बेहोस बनाउने औषधि चलाउन छोडेको पनि उनले बताए । ‘आज हामीले न्युरोलोजी एसेस गरेका छौं । बिहानदेखि बेहोस बनाउने औषधि चलाउन छाडेका छौं । आज उहाँको स्पोन्टेनियस रेस्पिरेसन (आफैले श्वास फेरेको) रेट ६–७ वटा छ । सामान्यतया हुनुपर्ने १२(१५ वटा हो । उहाँमा यो ५० प्रतिशत देखिएको छ ।’
त्यस्तै दायाँपट्टिको भाग र हातखुट्टा चले पनि बायाँ भागमा भने प्यारालाइसिस भएको डा. झाले बताए । ‘शनिबार बिहानदेखि दायाँपट्टिको शरीरको भाग हातखुट्टाहरु चल्न थालेका छन् । देब्रेपट्टि प्यारालाइसिस भएकै देखिन्छ । बाँकी प्यारामिटरहरु ठीकै ठीकै छ । उहाँ कोमामै हुनुहुन्छ । अवस्था अलि गम्भीर नै छ । हिजोभन्दा केही सुधार भएको देखिन्छ तर खतरामुक्त भने हुनुहुन्न,’ उनले भने ।
जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको थियो । अहिले उनको नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
सम्बन्धित समाचार : पूर्वमन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा उपचार हुँदै
सम्बन्धित समाचार : पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था निकै गम्भिर