काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली समुहका अनेरास्वव्यु विध्यार्थीले भोली (शुक्रबार) हुने आमसभाको पुर्वतयारी स्वरुप आज मार्चपास गरेका छन् ।
नेकपा ओली समुहका नेता महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास गरेको छ। काठमाडौँ र भक्तपुरका १० स्थानबाट करिब तीन हजार स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरको भोलि हुन लागेको आमसभालाई लक्षित गरी मार्चपास गर्न लागिएको बस्नेतले बताए।
२३ गतेको जनसभालाई स्वयंसेवकले सुरक्षा दिन सक्छ भन्ने सन्देश दिन मार्चपासको आयोजना गरिएको नेता बस्नेतले बताए ।