१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलित कर्मचारी छैनन् गाउँपालिकामा

अ+ अ-

सिमकोट । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा दलित एकता स्वतन्त्र सञ्जालको बैठक सम्पन्न भएको छ । सर्केगाड गाउँपालिका–१ देखि वडा नं ८ सम्म रहेका दलित समुदायका व्यक्तिले उक्त भेलामा उपस्थित भएर आफ्नो अधिकारका विषयमा सरोकारवाला निकायलाई पूर्ण कायान्वय गराउने प्रतिबद्धता जनाएका छन् ।

सम्पूर्ण दलितले आफ्नो हकअधिकारको संरक्षण गर्न र सरोकारवालालाई नेपालको संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वयन गराउन गाउँपालिकास्तरीय आम भेलाको आयोजना गरेको वडा नं ३ का गम्भीर नेपालीले जानकारी दिए ।

प्रत्येक बस्तीबाट दलित समुदायका घरको एक व्यक्ति उपस्थित भएको वडा नं ७ का नन्दलाल विकले बताए । उनले भने, ‘यो विशाल ¥याली कुनै राजनीतिक आस्थाका आधारमा नभएर दलितका समग्र अधिकार संरक्षण र उपभोगका लागि सरोकारवालालाई ध्यानाकर्षण गराउन र दलितलाई जागरण गराउनका लागि गरिएको हो ।’

यस्तै सोही गाउँपालिका वडा नं ४ का वडा सदस्य धन सुनारले दलितका अधिकार नेपालको संविधान र कानूनमा मात्र सीमित रहेको तर गाउँठाउँमा यो पटक्कै लागू नभएको बताए । गाउँपालिकामा अहिलेसम्म एक पनि दलित कर्मचारी छैनन् । ‘सम्पूर्ण क्षेत्रको सहभागिताको सुनिश्चितता गराउनका लागि हामीले लगभग ३०० जना दलितको उपस्थिति गराएर यो आमभेला गरेका छौँ’, उनले भने ।

भेलापछि धनलाल विकको संयोजकत्वमा २५ सदस्यीय कार्य समिति गठन गरिएको छ । यसैगरी १९ सदस्यीय सल्लाहकार समिति, १७ सदस्यीय अनुगमन समिति र आठवटै वडामा वडा समितिसमेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस