२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध कारोवारमा संलग्न एक महिलासहित तीन पक्राउ

अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २४ वर्षीय हाङ्सु भनिने अमृत लाबुङ (लिम्बू), फुङलिङ नगरपालिका–९ स्थायी ठेगाना भई झापाको अर्जुनधारा बस्ने ३३ वर्षीया कल्पना गुरुङ र फुङलिङ नगरपालिकामा नै बसोवास गर्दै आएका भारतीय नागरिक अन्दाजी ३० वर्षीय रुपन साह भनिने मनोज साह रहेका छन् ।

उनीहरुलाई लागुऔषधको कारोवारमा संलग्न रहेको भन्ने गोप्य सूचनाका आधारमा छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार अमृत लाबुङ २५.८१ ग्राम हिरोइनसहित फुङलिङ नगरपालिका–६ गुम्बा चोकबाट पक्राउ परेका हुन् भने मनोज साह फुङलिङ नगरपालिका–७ मा पर्ने मेची राजमार्गबाटै ४०० मिलीग्राम हिरोइनसहित पक्राउ परेका हुन् ।

फरक–फरक मिति र स्थानबाट पक्राउ परेका तीनै जनालाई बिहीबार प्रहरीले पत्रकार भेटघाट कार्यक्रमका बीच सार्वजनिक गरेको थियो । लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले विशेष योजनाका साथ खोजतलास तथा अनुसन्धान कार्यलाई अघि बढाएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस