उद्योग सचिव घिमिरेले दिए राजीनामा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उद्योग सचिव घिमिरेले दिए राजीनामा


२९ पुस २०७७, बुधबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेले राजीनामा दिएका छन् ।

आउँदो माग ८ गते अनिवार्य अवकाशमा जान लागेका सचिव घिमिरेले साता दिन अघि नै बुधवार राजीनामा दिएका हुन् ।

मन्त्रालयको उद्योगतर्फ सचिव रहेका घिमिरे मुख्यसचिवको दावेरका रूपमा रहेका थिए । नियमित प्रक्रियाबाट नै बनाएको अवस्थामा लोक दर्शन रेग्मीपछि उनी मुख्यसचिव हुन्थे र करिब दुई वर्ष जति रहन्थे तर मुख्यसचिवमा शंकर दाश वैरागीले बाजि मारेपछि घिमिरेको मुख्यसचिव बन्ने बाटो बन्द भएको थियो ।

सम्बन्धित समाचार : मुख्यसचिवको दावेदारीमा अब घिमिरे र वैरागी

घिमिरे उद्योग क्षेत्रमा राम्रो दखल राख्ने प्रशासकका रूपमा चिनिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस