राष्ट्रिय सभाको अधिवेशन आज अपराह्न ४ बजे « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय सभाको अधिवेशन आज अपराह्न ४ बजे


१७ पुस २०७७, शुक्रबार


काठमाडौँ। राष्ट्रिय सभाको अधिवेशन शुक्रवार(आज)देखि प्रारम्भ हुँदै छ । अधिवेशनबिचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आजदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो ।

प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक सङ्घीय संसद्को एक मात्र सदनको अधिवेशन अपराह्न ४ बजेबाट प्रारम्भ हुनेछ ।

सङ्घीय संसद् सचिवालयले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ भने अधिवेशन प्रारम्भको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ । बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सम्भावित कार्यसूची तय गरेको थियो ।

सम्बन्धित समाचार : राष्ट्रिय सभाको पहिलो बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस हुँदै

Tags :
प्रतिक्रिया दिनुहोस